अबको हिसाब किताब प्रधानमन्त्रीसँग लिन्छौं- गगन थापा

आइतबार, २० जेठ २०८१, १२:४१ PM
post-image

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले अबको हिसाब किताब प्रधानमन्त्रीसँग नै हुने बताएका छन् ।

यस अघि गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधनका क्रममा बोलेका विषय उठाउदै महामन्त्री थापाले अब आफुहरुको हिसाब किताब गृहमन्त्रीसँग नभएर प्रधानमन्त्रीसँग हुने बताएका हुन् ।

गृहमन्त्रीले संसदको गरिमा नराखेको बताउदै सभामुखको समेत ध्यानाकर्षण गराएका छन् । गृहमन्त्रीले संसदमा विदेशी एजेन्रट रहेको भन्ने वाक्य सम्बेदनशील रहेको बताउदै यो भनाईलाई कांग्रेसले सामान्य रुपमा नलिने स्पष्ट गरे ।   

उनले संसदमा बोलिएका विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने बताउदै भनेका छन्- 'कि त प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो कि गृहमन्त्रीले बोलेका कुरामा मेरो पनि सहमति छ, हैन भने संसदको रेकर्डबाट हटाउछु भनेर भन्न सक्नु पर्यो । हिसाब किताब लिन्छौं र यहि संसदमा लिन्छौं ।' 

उनले सहकारी ठगि प्रकरणमा गठिन संसदीय छानबिन समितिलाई स्वतन्त्ररुपमा काम गर्न दिनुपर्ने बताउदै अब संसदमा आफुहरुले जनसरोकारका विषय उठाउदै बजेटको छलफलमा ध्यानकेन्द्रित गर्ने बताए । 
  

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}