सुन तोलामा १७ सयले बढ्यो, बनायो नयाँ रेकर्ड
काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १७ सय ले बढेर १ लाख ४२ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ५०० पुगेको छ ।
यसअघि बिहिबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.