कपिलवस्तु मालपोतका नासु खनालविरुद्ध मुद्धा दायर
काठमाडौँ । कपिलवस्तु मालपोतका नायब सुब्बा नरहरी खनालविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा खनाललाई ३० हजार घुससहित नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा नायब सुब्बा खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग सो रकम लिएको पाइएको थियो ।
सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निजलाई ३० हजार बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.