एकैदिन २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य , चाँदीको मूल्य भने घट्यो

सरकारले भन्सार दर बढाएसँगै सुनको मूल्य बढेको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, १७ जेठ २०८१, ११:३२ AM
फन्ट
एकैदिन २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य , चाँदीको मूल्य भने घट्यो

काठमाडौं । सरकारले भन्सार दर बढाएसँगै सुनको मूल्य बढेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सुनमा भन्सार दर बढाएर २० प्रतिशत कायम गरेको छ । यसअघि सुनको भन्सार दर १५ प्रतिशत मात्रै थियो ।

आज नेपाली बजारमा सुनको मुल्य तोलामा २३०० ले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला १ लाख ४० हजार ५०० कायम भएको छ । तेजाबी सुन १ लाख ३९ हजार ८०० पुगेको छ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। ३० रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.