बेलायती वैज्ञानिकको दावी- कोरोना जस्तो अर्को महामारी आउने पक्का
काठमाडौँ । बेलायती सरकारका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सले अर्को महामारीको चेतावनी दिएका छन्। उनले केही समयपछि अर्को महामारी आउने निश्चित रहेको बताए । पूर्ववैज्ञानिक सल्लाहकारले आगामी सरकारलाई यसतर्फ ध्यान दिन सुझाव दिएका छन् ।
उनले कोरोना जस्तो परिस्थितिसँग जुध्न तयार रहनुपर्ने बताए । महामारीको सामना गर्न हामी अझै तयार नभएको उनले जोड दिए । द गार्डियनको रिपोर्टका अनुसार, एक कार्यक्रमलाई सम्बोधन गर्दै भ्यालेन्सले भने, हामीले सुरुमा खतराहरू पत्ता लगाउन राम्रो निगरानी प्रणाली स्थापना गर्न आवश्यक छ ।
भ्यालेन्सले देशमा चुनाव भइरहेका बेला यो उपयुक्त समय भएको बताए । महामारीको खतरालाई चुनावमा मुद्दा बनाउनु महत्त्वपूर्ण छ। उनले चुनावपछि आउने सरकारलाई महामारीको अवस्थामा छिटो निदान परीक्षण, खोप छिटो उपलब्ध गराउने जस्ता विषयमा काम गर्न सुझाव दिएका छन् ।
भ्यालेन्सले २०२१ मा जी ७ देशका नेताहरूको बैठकमा भने, महामारीको बिरूद्ध एकजुट हुनु आवश्यक छ। यसका लागि हामीले र्यापिड डाइग्नोस्टिक टेस्ट, र्यापिड भ्याक्सिन र र्यापिड ट्रिटमेन्ट गर्नुपर्छ ताकि खतरा कम गर्न सकियोस् ।
भ्यालेन्सले जी ७ ले २०२३ सम्ममा उनको सल्लाह बिर्सिएको आरोप लगाए । उनले जी ७ वा जी २० देशको एजेन्डाबाट महामारीको विषयलाई हटाइयो भने अवस्था पहिले जस्तै हुनसक्ने बताए। उनले महामारीलाई युद्ध जस्तै सामना गर्नुपर्ने बताए ।
उनले भनेका थिए - 'हामीसँग सेना छ । यो यस वर्ष युद्ध हुने भएकोले होइन । बरु, हामी जान्दछौं कि यो राष्ट्रको अस्तित्वको लागि आवश्यक चीज हो। त्यसैगरी हामीले महामारीलाई पनि हेर्नुपर्छ। यसको सामना गर्न हामी सधैं तयार हुनुपर्छ ।'
उनले कोरोनाको दोस्रो चरणमा सुनकले मानिसलाई मर्न छोडेको आरोप लगाएका थिए ।
यद्यपि, भ्यालेन्सले सुनक सरकारको धुम्रपान विरोधी विधेयकको प्रशंसा गरेका छन्। यो विधेयक पारित भएपछि बेलायतका नाबालिग युवाहरूले सुर्तीजन्य पदार्थ किन्न पाउने छैनन् । हाल बेलायतमा चुरोट किन्नको न्यूनतम उमेर १८ वर्ष तोकिएको छ ।
सुनक सरकार हरेक वर्ष यसलाई बढाउन चाहन्छ । तर, भ्यालेन्सले निर्वाचनअघि विधेयक पारित नहुनेमा आफू निराश भएको बताए ।
प्याट्रिक भ्यालेन्स अप्रिल २०१८ देखि २०२३ सम्म बेलायतका मुख्य वैज्ञानिक सल्लाहकार रहेका थिए । उनको कार्यकालमा बेलायतलगायत सम्पूर्ण विश्वले कोरोनाको प्रकोपको सामना गर्नुपरेको थियो । यस अवधिमा भ्यालेन्सले बेलायती सरकारलाई कोरोनाविरुद्ध नीति बनाउन मद्दत गरे। उनको उपलब्धिको लागि, उनलाई सन् २०२२ मा 'सर' उपाधि दिइएको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.