मुटुमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

शनिबार, १२ जेठ २०८१, १०:४६ AM
post-image

जनकपुर । हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई गए राति १० बजे अस्पताल भर्ना गरिएको हो ।

सिरोहियाको नागरिकताको विषयमा गत मंगलबार काठमाडौंमा पक्राउ गरी उनलाई धनुषा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिजो साँझ स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो । प्रादेशिक अस्पतालमा भएको चेकजाँचको क्रममा मुटुमा समस्या देखिएपछि गए राति नै उनलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो । 

जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका सिरोहियालाई शुक्रबार मात्र हिरासतमा राख्न पुनः तीन दिनको म्याद थप गरेको थियो । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}