सन्दीप लामिछानेको समर्थक हौ भने मलाई अन्फ्रेन्ड गर: गायिका अभया सुब्बा

शुक्रबार, ११ जेठ २०८१, १०:५४ AM
post-image

काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानसँग आफूलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् । आफ्नो फेसबुकमा रहेका सन्दीपका फ्यानलाई अभयाले आफूलाई अनफ्रेन्ड गर्न भनेकी हुन् ।

“सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरू कृपया मलाई अनफ्रेन्ड गर्नुहोस् । म मेरो नजिक कहीँ पनि यी घृणित अनुयायीहरूभन्दा केही राम्रा मित्रहरू राख्न चाहन्छु,” अभयाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । 

केही दिन अगाडि सन्दीपले बलात्कार मुद्दामा पुनरावेदन अदालतबाट सफाइ पाएका थिए । अहिले उनी टी–ट्वान्टी विश्वकप खेल्न जाने प्रयासमा छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}