दयाहाङ राईको नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

‘गाउँ आएको बाटो’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, १० जेठ २०८१, ८:३८ PM
फन्ट
दयाहाङ राईको नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

‘गाउँ आएको बाटो’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ। आज (बिहीवार) बाँसुरी फिल्मसबाट सार्वजनिक भएको ट्रेलर ३ मिनेट ३० सेकेण्डको रहेको छ।

उक्त ट्रेलरमा गाउँमा मोटरबाटो, प्रविधि आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढाव देखिन्छ। यस्तै, गाउँमा बाटो नपुग्दा भोग्नुपरेको समस्या, पहिलोपटक गाउँमा गाडी पुग्दाको खुशी देखाइएको छ। नवीन सुब्बा र अमोद राई निर्देशित सिनेमामा किरात राई समुदायको पृष्ठभूमिलाई केन्द्रमा राखिएको छ।

फिल्म जेठ २५ गते देशभर प्रदर्शनमा आउने उक्त सिनेमाको टिजर वैशाख २४ गते सार्वजनिक भइसकेको छ। यस फिल्ममा दयाहाङ राई र पशुपति राई दम्पतीको भूमिकामा छन् भने बाल कलाकार प्रसन राई (बिन्द्रे) छोराको भूमिकामा छन्।

महेश राई र नवीन सुब्बाको लेखन रहेको यस फिल्ममा सुमित्रा राई, राज थापा र प्रेम सुब्बालगायत कलाकारको अभिनय रहेको छ। फिल्मको छायांकन अमेरिकी जोस हेरम र ताइवानका क्वान पुन लुङले सम्पादन गरेका छन्। 

गीतमा हङकङकी हाइडी लीको संगीत र राजेशपायल राईको आवाज रहेको छ भने संगीतकार भूपाल राई हुन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.