सिरोहियाको पक्राउ बारे ओलीको टिप्पणी- गलत ब्याख्या नगरौं !
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा गलत ब्याख्या गर्न नहुने बताएका छन् ।
झापामा रहेका ओलीले सिरोहिया पक्राउ परेको विषयमा मिडियामाथिको आक्रमण भनेर गलत ब्याख्या उचित नहुने बताए । उनले देशमा सबै कानुनको मातहतमा छन् भन्ने बुझ्नु र मान्नु पर्ने बताएका छन् ।
उनले भने- 'त्यसमा विवादका विषय हुन सक्दछन्, तर उनलाई जन्मकैद गर्न खोजिएको होइन । कुनै सञ्चारमाथि हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ ।'
उनले टाइमिङ ठीक भयो कि भएन, त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? भन्दै प्रश्न गरेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.