सिरोहिया पक्राउबारे देउवाको प्रतिक्रिया: गठबन्धन सरकारको अलोकतान्त्रिक कदम

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको बताएका छन् ।

Artha Kendra Artha Kendra
मंगलबार, ८ जेठ २०८१, १०:१२ PM
फन्ट
सिरोहिया पक्राउबारे देउवाको प्रतिक्रिया: गठबन्धन सरकारको अलोकतान्त्रिक कदम

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको बताएका छन् ।

देउवाले सामाजिक सञ्जाल एक्समार्फत कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम रहेको र मिडियालाई तर्साउने उदेश्य सहितको गठवन्धन सरकारको यो निर्णय खेदजनक भएको प्रतिक्रिया दिएका हुन् ।

उनले लेखेका छन्: 

'कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो। मिडियालाई तर्साउने उदेश्य सहितको गठवन्धन सरकारको यो निर्णय खेदजनक छ।'

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.