सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया : प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरे

मंगलबार, ८ जेठ २०८१, ७:५० PM
post-image

८ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर सरकारले लज्जास्पद काम गरेको टिप्पणी गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत प्रचण्ड नेतृत्वको सरकारले उनलाई पक्राउ गर्नु लज्जास्पद भएको प्रतिक्रिया दिएका हुन् ।

उनी लेख्छन् "अंग्रेजीमा एउटा भनाइ छ-‘ You should not only be good, you should appear to be good.’ जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन। झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको वेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापे बापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचणड लगायत हामीले त्यसको तीब्र विरोध गरेका थियौं! आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउॅमा हुॅदा उनले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु!"

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}