काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रूपैयाँ जरिवाना गरेको छ ।
राप्रपाका नेता ज्ञानेन्द्र शाहीले आइतबार पुर्वराजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री केपि ओलीको निर्देशनमा प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाएको आरोप लगाएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । ज्ञानेन्द्र केहीबेर अघि त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।
पूर्वराजा ज्ञानेनद्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल बाहिर राजावादीहरु पुग्नेक्रम शुरु भएको छ ।
पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरुले काठमाडौँमा शक्तिप्रदर्शनको तयारी गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं प्रस्थान गरेका छन् ।
नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गर्दै ताप्लेजुङदेखि तिब्बतको सीमानासम्म सडक निर्माण गर्न चीनको सहयोग लिन आग्रह गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयको सचिव बढुवा गर्दा वरियता मिचेको भन्दै आपत्ति जनाएकी छन् ।
महावीर पुनले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई आफुलाई दुख दिने उर्जामन्त्री दिपक खड्काको क्षेत्रबाट चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न सुझाव दिएका छन् ।
अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने भएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.