उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग्ने काँग्रेस सोच राजनीतिक पूर्वाग्रहीः प्रदीप ज्ञवाली
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली काँग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाउनुभएको छ ।
आईतवार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले उपप्रधानमन्त्री लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध पार्ने नेपाली काँग्रेसको कामलाई एमालेले जिम्मेवार राजनीतिक दलको कदमको रुपमा लिन नसक्ने पनि बताउनु भयो । उपमहासचिव ज्ञवालीले कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भएमा भने एमाले पनि उपप्रधानमन्त्री लामिछानेको राजीनामाको पक्षमा उभिने बताउँदै विना प्रमाण त्यसै राजीनामा माग्न नमिल्ने बताउनु भयो । उहाँले आफैँले प्रधानमन्त्री प्रश्ताव गरेको व्यक्तिलाई गृहमन्त्रीको निम्ति अयोग्य भन्नु राजनीतिक प्रतिशोधबाहेक अरु केही पनि हुन नसक्ने जिकिर समेत गर्नुभयो । उपमहासचिव ज्ञवालीले विगतमा आफ्नो पार्टीले प्रमाणको आधारमा मात्रै तत्कालीन भौतिक पूर्वाधार प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको तर्क समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पहिलो कुरा विगतमा हामीले उठाएको विषय र अहिले गृहमन्त्रीजीको राजीनामाको माग गर्दै उठाइएको विषय फरक छ । विगतमा हामीले जसजस मन्त्रीको राजीनामा माग गर्यौ। त्यसो गर्दा एक जनालाई सरकारले नै बनाएको छानविन आयोगले बालकुमारी घटनामा दोषी देखाएको थियो । र दोस्रो अर्को एक जना मन्त्रीलाई अख्तियारले बनाएका लागि बोलाइएको थियो । टेरामक्स खरिद कार्यमा भएको अनियमितताको सवालमा । र बयान दिन बोलाईसकेपछि उहाँले न्यूनतम नैतिकताको पनि कुनै विषय नउठाई त्यसप्रति ध्यान नदिइ झण्डा हल्लाएर अख्तियारमा बयान दिन जानुभएको थियो । अहिले गृहमन्त्रीको बारेमा त्यो लेवलको कुनै उजुरी, मुद्दा औपचारिक रुपमा दायर भएको अवस्था छैन । कुनै नियामक निकाले, यस्ता केसहरु हेर्ने नियामक निकायले उहाँलाई बयानका लागि बोलाएको वा ती नियमक निकायमा औपचारिक रुपमा मुद्दा दायर भएको अवस्था पनि छैन । तेस्रो नेपाली काँग्रेसले जे गरिरहेको छ यसमा । यस मामिलामा उहाँहरुको एकदम द्वैद्ध भुमिका देखिएको छ । एकातिर उहाँहरु अस्तिसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँगेससँगको गठबन्धन तोड्ने निर्णय गर्नुभयो । त्यसपछि प्रधानमन्त्रीको अफर गर्दै नेपाली काँग्रेस आफैँ पुगेको थियो । प्रधानमन्त्रीको निम्ति आफैँले प्रश्ताव गरेको मान्छे गृहमन्त्रीको निम्ति अयोग्य हुन्छ भन्ने तर्क त्यो राजनीतिक प्रतिशोधको तर्क बाहेक अरु केही पनि हुन सक्दैन । भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने हाम्रो पोजिसन त्यही नै हुनेछ, नैतिक रुपमा चाहीँ त्यो अवस्थामा छानविनका लागि मार्ग प्रशस्त गर्नुपर्छ । तर अहिले त्यो विषय उठ्दै नउठेको स्थिति भित्र अहिले नेपाली काँग्रेसले गरिरहेको आलोचना माग पनि आफैंंमा राजनीतिक पूर्वाग्रहले ग्रस्त छ । यदि उहाँहरुले भनेजस्तै नेपाली काँग्रेसको प्रश्ताव स्वीकार गरेर उहाँ प्रधानमन्त्रीको निम्ति तयार हुनुभएको भए काँग्रेसले यसै गथ्र्यो तः गर्दैन्थ्यो । दोस्रो चाहीँ हिजो सदन अवरुद्ध भयो, सदन असफल बनाउने नेकपा एमालेले संसदीय व्यवस्थाप्रति नै नकारात्मक धारणा बनायो भन्ने नेपाली काँग्रेस आफूलाई संसदीय व्यवस्थाको हिमायती भन्ने नेपाली काँगेस कसरी संसद अवरुद्धको पक्षमा जान्छ ? ठिक छ, त्यसको एउटा औपचारिक प्रक्रिया शुरु होस् । स्वभाविक रुपले सहकारीमा जम्मा गरेको रकम ठगी भएर धेरै पीडित पनि हुनुहुन्छ । त्यसको बारेमा भर्खरै भूमि सुधार व्यवस्था मन्त्रालयले एउटा सम्झौता पनि गरेको छ । त्यसको बारेमा छानविनहरु पनि होलान् । सरकारले यसक्रममा कोही दोषी देखियो भने जोकोही देखियोस् । एमाले होस्, सत्ता साझेदार होस् वा विपक्ष । नेकपा एमालेले त्यसमा कहीँ पनि ढाकछोप गर्ने काम गर्दैन । तर राजनीतिक प्रतिसोधको आधारमा विषय उठान गर्नु र त्यत्तिको आधारमा संसद अवरुद्ध गर्ने कुरालाई कदापी पनि जिम्मेवार कदम भन्न सकिँदैन ।’’
उपमहासचिव ज्ञवालीले एमालेको ध्यान भने देश र जनताको हितमा केन्द्रित रहेको पनि दोहोर्याउनु भयो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.