सर्किट ब्रेकर भनेको के हो? नेप्सेमा कसरी लाग्छ सर्किट ब्रेक?

सर्किट ब्रेकर नेपाल स्टक एक्सचेन्जले अनुचित मूल्य उतार-चढाव नियन्त्रण गर्न अपनाएको नियम हो।

Artha Kendra Artha Kendra
सोमबार, २१ फाल्गुण २०८०, १:९ PM
फन्ट
सर्किट ब्रेकर  भनेको के हो? नेप्सेमा कसरी लाग्छ सर्किट ब्रेक?

सर्किट ब्रेकर नेपाल स्टक एक्सचेन्जले अनुचित मूल्य उतार-चढाव नियन्त्रण गर्न अपनाएको नियम हो। यदि नेप्से परिसूचक नियमित कारोबारको पहिलो घण्टामा अर्थात् दिउँसो १२ बजे अघि ४% घट्यो भने २० मिनेटको लागि कारोवार स्थगित हुनेछ । यदि नेप्से दोस्रो घण्टा अर्थात् दिउँसो १ बजेभित्र ५% ले उतारचढाव भयो भने दोस्रो सर्किटको रूपमा ४० मिनेटको लागि कारोबार स्थगित हुन्छ । त्यसपछि बजार परिसूचक ६ प्रतिशतले घटेमा दिनको बाँकी सबै कारोबार ठप्प हुनेछ ।

यो नियमले  लगानीकर्ताहरूलाई घटनाहरू, समाचारहरू, घोषणाहरू विश्लेषण गर्न र आवश्यक तर्कसंगत निर्णय लिन दिन्छ।

नेप्सेले 21 सेप्टेम्बर 2007 बाट  सूचकांक-आधारित सर्किट ब्रेकर लागू गरेको छ। सर्किट ब्रेकर बजार स्थिरता उपकरण हो जुन सूचकांकमा अचानक वृद्धि / गिरावट जाँच गर्न प्रयोग गरिन्छ।

उतारचढाव समय अवधि
४ % बढ्दा  वा घट्दा  दिउँसो १२ बजे अघि २० मिनेट
५ % बढ्दा  वा घट्दा  दिउँसो १ बजे अघि ४० मिनेट
६ % बढ्दा  वा घट्दा  दिउँसो ३ बजे अघि पुरै दिन 

स्टकको लागि सर्किट

यदि एकै दिनमा कुनै पनि कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो वा घट्यो भने त्यसलाई सर्किट लेभल ट्रेडिङ भनिन्छ। उदाहरण को लागी, XYZ स्क्रिप को मूल्य 10% ले मात्र बढ्न वा घटाउन सक्छ। यदि यो 10% ले बढ्यो भने यसलाई सकारात्मक सर्किट भनिन्छ र यदि मूल्य 10% ले घट्यो भने, यसलाई नकारात्मक सर्किट भनिन्छ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.