टिएमएस मा देखिने MKT अप्सन के हो, के यसको प्रयोग भएर बजारमा चलखेल हुन सक्छ त?
सुन्दा त धेरै नै उपयोगी लाग्छ यो सुविधा तर पछिल्लो समय बजार घटाउन बढाउन यो सुविधाको दुरुपयोग भएको पाइएको छ।
तपाईंले TMS बाट शेयर खरिद बिक्री गर्ने पेजमा अर्डर टाइप (Order Type) मा MKT भन्ने अप्सन हुन्छ, ख्याल गर्नु भएको छ? MKT भन्नाले मार्केट अर्डर भन्ने जनाउँछ। अब कुरा गरौं यसले कसरी काम गर्छ त?
MKT मा तपाईंले आफूले किन्न बेच्न चाहेको मूल्य राख्न पाउनुहुन्न, कित्ता संख्या मात्र राखेर अर्डर राख्नुपर्ने हुन्छ।
मूल्य नै राख्न पाइँदैन भने कसरी किनबेच हुन्छ त?
मानौं तपाईंले कुनै स्टक काे १००० कित्ता MKT मा बेच्न अर्डर दिनुभयो भने जतिमा खरिदकर्ता छ त्यतिमै बिक्री हुन्छ। किन्दा पनि सोही नियम लागू हुन्छ, जतिमा विक्रेता छ त्यतिमै किनिन्छ। सुन्दा त धेरै नै उपयोगी लाग्छ यो सुविधा तर पछिल्लो समय बजार घटाउन बढाउन यो सुविधाको दुरुपयोग भएको पाइएको छ।
सामाजिक सञ्जाल मा अधिकांश पोस्ट हुने "२% भन्दा घटि बढीमा कसरी कारोबार भयो" भन्ने विषय पनि यही MKT अप्सन सँग सम्बन्धित छ। मानौं तपाईंले कुनै स्टकले -१०% नेगेटिभ सर्किट हानेको बेला १००० कित्ता बेच्न राख्नु भयो, तर तपाईंको बिक्री भएन, उल्टै बजार बिस्तारै बढ्यो र बजार बन्द हुने अन्तिम समयमा +१०% ले मूल्य बढ्यो। यदि तपाईंले आफ्नो अर्डर हटाउनु भएन र कसैले MKT मा अन्तिम समय मा किन्ने अर्डर राख्यो भने तपाईंले बेच्न राख्नु भएको शेयर पनि बिक्री हुन्छ, यदि अन्य कोही विक्रेता छैनन् भने। र सोही कारोबार नै त्यस दिनको अन्तिम कारोबार बन्न गयो भने +१०% ले बढेको स्टक अन्तिम कारोबार ले -१०% हुन पुग्छ।
तर सामान्य लगानीकर्ताले यसो गर्दैन। +१०% भएको बजारमा -१०% मा शेयर कसैले बेच्दैन। तर जसलाई उक्त स्टक घटाउनु परेको हुन्छ, उसले आफैं किनबेच गरेर घटाउन सक्ने देखिन्छ र पछिल्लो समय बजारमा यो सुविधाको दुरुपयोग गरेर अन्तिम समयमा स्टक बढाउने घटाउने गरेको देखिन्छ।
यसअघि पनि AON सुविधाको दुरुपयोग गरी मार्केट देप्थमा फेक डिमान्ड सप्लाई देखाएको भनेर उक्त सुविधा बन्द गरिएको थियो। सरोकारवाला निकायहरुले यस्ता सुविधाको कसरी दुरुपयोग हुनबाट जोगाउन सकिन्छ भन्ने विषयमा पनि चासो दिनुपर्ने देखिन्छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.