पछिल्लो समय शेयर सँग सम्बन्धित सामाजिक सञ्जाल पेज तथा ग्रुपमा सर्वाधिक चर्चामा आउने विषय हो ब्रोकरले दिएको सास्ती र कसरी उजुरी गर्ने भन्ने । लगानीकर्ता ले हामीलाई अत्यधिक गुनासो गरेपछि हामीले नेप्सेका सूचना अधिकृत मुरहरी पराजुलीलाई कसरी उजुरी गर्न सकिन्छ भनेर सोधेका थियौ।
त्यसै अनुसार हामीले नेप्सेको ईमेल लगानीकर्तालाई उपलब्ध गराएका थियौं। भोलिपल्ट हामीले सूचना अधिकृतलाई सम्पर्क गरेर कति ईमेल आयो भनेर प्रश्न गर्दा, जम्मा ४ ओटा ईमेलमात्र वास्तविक (Genuine) देखिएको र बाँकी सबै नक्कली (Fake) रहेको जानकारी गराउनु भयो। के आधारमा सक्कली र नक्कली छुट्टयाउनु भनेर सोध्दा त्यति प्रष्ट उत्तर आएन। धेरैको ईमेल लेख्ने ढाँचा (Format) नमिलेको जानकारी आयो। तर ईमेल भने अत्याधिक मात्रामा आएको र पूर्ण विवरण खुलाएर लेखेको नहुनाले हामीले ब्रोकरलाई कारबाही गर्न नसकिने बताउनु भयो। यदि ढाँचा मिलेको थिएन भने कतिजनालाई यसरी लेख्नुहोस् भनेर जवाफी ईमेल पठाउनु भयो त्यो उहाँलाई नै थाहा होला।
आजको यो समाचार हामीले कस्तो ढाँचामा ईमेल लेख्यो भने त्यसलाई वास्तविक ईमेल मानिन्छ भनेर लेखेको छौं।
गुनासो नेप्से तथा सेबोन दुवैमा गर्न सकिन्छ। मुरहरि पराजुलीका अनुसार नेप्से मा ईमेल पठाउँदा कुन ब्रोकर र कुन कारोबार नम्बर काे भुक्तानी नभएको हो त्यो प्रष्ट खुलाउनु पर्ने जानकारी गराउनु भयो। उहाँका अनुसार ढिला भुक्तानी भयो भनेर नेप्सेमा गुनासो गर्नु भन्दा ब्रोकर अकाउन्ट बनाउने समयमानै सम्झौता पत्रमा कति दिन भित्र भुक्तानी गर्नु पर्ने भन्ने खुलाएर सम्झौता गरेमा लगानीकर्ता आफ्नो तर्फबाट कानुनीरुपमा बलियो हुने बताउनु भयो।
समयमा भुक्तानी नभएको खण्डमा नेप्सेमा कस्तो ईमेल पठाउने, त्यसको ढाँचा तल दिएको छ।
Cc: [तपाईंको ब्रोकरको ईमेल]
भुक्तानी गरी पाउँ भन्ने बारे।
श्री प्रबन्धक ज्यू
NEPSE
विषय: शेयर बिक्री गरेको पैसा नपाएको बारे।
महोदय,
उपरोक्त सम्बन्धमा निवेदन यो छ कि मैले मिति ....... मा कारोबार नं ........बाट शेयर बिक्री गरेको थिएँ। तर आज .... दिन हुँदासम्म पनि ब्रोकर नं .... ले भुक्तानी गरेको छैन। मैले ईमेल तथा फोन मार्फत सम्पर्क गर्ने धेरै कोशिस गरे तर न त फोन उठ्यो न त ईमेल काे जवाफ। हामीले समयमा EDIS नगर्दा जरिवाना तिर्नु पर्ने तर ब्रोकरले भने मनपरी गर्न पाउने, यस्तो भेदभाव कहिले सम्म। त्यसैले महोदय ब्रोकर नं ..... लाई आवश्यक कारबाही गरी पाउँ भन्ने निवेदन यसै ईमेल मार्फत गर्न चाहन्छु धन्यवाद
NAME: .........
CLIENT ID: .......
CONTACT: .....
ईमेल पठाउँदा सके सम्म टीएमएस मा भएको ईमेल बाट गर्नु होला।
साथै तपाईंले ब्रोकरबाट कुनै पनि असुविधा जस्तै, फोन न उठ्ने, KYC verify काे नाम मा अनावश्यक दुःख, ईमेल काे जवाफ नआउने, भएमा सिधै SEBON मा उजुरी दिन पनि सक्नु हुन्छ।
SEBON मा उजुरी दिने इमेलको ढाँचा यसप्रकार छ।
आवश्यक कारबाही गरिपाऊँ भन्ने बारे ।
श्री प्रबन्धक ज्यू SEBON
विषय: शेयर बिक्री गरेको पैसा नपाएको बारे र ब्रोकरले अनावश्यक दुःख दिएको सम्बन्धमा।
महोदय उपरोक्त सम्बन्धमा निवेदन यो छ कि मैले मिति ....... मा कारोबार नं ........बाट शेयर बिक्री गरेको थिएँ। तर आज .... दिन हुँदासम्म पनि ब्रोकर नं .... ले भुक्तानी गरेको छैन। मैले ईमेल तथा फोन मार्फत सम्पर्क गर्ने धेरै कोशिस गरे तर न त फोन उठ्यो न त ईमेल काे जवाफ। हामीले समयमा EDIS नगर्दा जरिवाना तिर्नु पर्ने तर ब्रोकरले भने मनपरी गर्न पाउने, यस्तो भेदभाव कहिले सम्म। त्यसैले महोदय ब्रोकर नं ..... लाई आवश्यक कारबाही गरी पाउँ भन्ने निवेदन यसै ईमेल मार्फत गर्न चाहन्छु धन्यवाद ।
NAME: .........
CLIENT ID: .......
CONTACT: .....
यदि तपाईंले NEPSE र SEBON दुबै ठाउँमा ईमेल पठाउनु भयो भने झनै प्रभावकारी हुने देखिन्छ।
कारोबार नं, TMS मा Trade Management=> Historic Trade Book मा गएर मिति राखेर पाउन सकिन्छ।
नोट: माथि दिएको ईमेल काे ढाँचा उदाहरण मात्र हो, आफूलाई जस्तो समस्या परेको छ, त्यसै अनुसार ईमेल लेख्नु हुन अनुरोध गरिन्छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.