माबिलुङ इनर्जीको आईपीओ असार २२ गतेदेखि खुला हुँदै
काठमाडाैं, १५ असार । माबिलुङ इनर्जी लिमिटेड ले आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि आईपीओ आवेदन असार २२ गतेदेखि खुला गर्ने भएको छ। पहिलो चरणमा कम्पनीले कुल ५ लाख ३६ हजार २९५ कित्ता शेयर सार्वजनिक गर्ने तयारी गरेको छ।
कुन समूहका लागि कति कित्ता?
कम्पनीले हालसम्म नेपाल धितोपत्र बोर्डबाट १८ लाख ९० हजार ५३० कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ, जुन ४८.९९९८ प्रतिशत जारी पूँजी बराबर हो।
यस मध्ये पहिलो चरणमा:
-
३ लाख ८५ हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
-
१ लाख ५० हजार ४७१ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि हुनेछ।
आवेदन दिने म्याद र प्रक्रिया
स्थानीय बासिन्दाहरूले साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन्। तर, सो अवधिमा सबै शेयर बिक्री नभएमा न्यूनतम साउन १९ गतेसम्म म्याद थपिनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने अनिवार्य रूपमा साउन ४ गतेभित्र आवेदन दिनुपर्नेछ।
कसरी र कहाँबाट आवेदन दिने?
स्थानीय बासिन्दाका लागि आवेदन केन्द्रहरू:
-
ग्लोबल आइएमई बैंक, चैनपुर शाखा
-
हिमालयन बैंक, मादी नगरपालिका शाखा
-
लक्ष्मी सनराइज बैंक, खाँदबारी शाखा
-
आयोजनास्थल (मादी नगरपालिका–७, संखुवासभा)
दरखास्त फारमको मूल्य २ रुपैयाँ तोकिएको छ।
विदेशमा रहेका नेपालीहरूका लागि आवेदन:
-
धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू
-
मेरो सेयर पोर्टल प्रयोग गरेर अनलाइनबाटै आवेदन दिन सकिनेछ।
दुवै समूहका लागि न्यूनतम आवेदन १० कित्ता र अधिकतम ५० हजार कित्ता तोकिएको छ।
माबिलुङ इनर्जी लिमिटेडले संखुवासभा जिल्लामा निर्माण गरिरहेको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजना ४.९५ मेगावाट क्षमताको हो। आयोजनाको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ भने कुल लगानी फिर्ता हुने साधारण अवधि ९.४३ वर्ष र छुट गरिसकेपछि फिर्ता हुने अवधि १७.०९ वर्ष तोकिएको छ। आयोजना सञ्चालनका लागि आवश्यक विद्युत उत्पादन अनुमति अवधी अझै ३१ वर्ष बाँकी रहेको छ।
आईपीओ निष्काशनका लागि कम्पनीले गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘ICRA NP Issuer Rating B+’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत जोखिमयुक्त रहेको जनाउँछ।
यस प्राथमिक शेयर निष्काशनको बिक्री तथा प्रबन्धकको भूमिका लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले निर्वाह गरिरहेको छ।
अर्को चरणमा सर्वसाधारणका लागि खुला हुने
आयोजना प्रभावित र वैदेशिक रोजगार समूहमा आईपीओ निष्काशन सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा १५ लाख ४ हजार ७०६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरेको छ। यससँगै कुल निष्काशन प्रक्रिया सम्पन्न हुनेछ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.