कलंकीस्थित स्कुलभित्र भ्यान दुर्घटना : नौ वर्षीया एक विद्यार्थीको मृत्यु

सोमबार, २ असार २०८२, ४:४३ PM
post-image

काठमाण्डौ, असार २  / काठमाडौंको कलंकीस्थित स्कुलभित्र एउटा भ्यान दुर्घटना भएको छ । भ्यानको ठक्करबाट नौ वर्षीया एक विद्यार्थीको मृत्यु भएको छ । पाँच विद्यार्थी घाइते छन् । डीआईएफवाई स्कुलभित्र पोलमा ठोक्किएर ईभी भ्यान दुर्घटनामा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

स्कुलकै भ्यान दुर्घटनामा एक शिक्षक र चालक समेत घाइते छन् । दुर्घटनामा परेर घाइते भएकी सर्लाहीकी सोनाक्षी यादवको उपचारका क्रममा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । कंलकीकै नेपाल नेसनल अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}