माधव नेपालको सांसद पद निलम्बन

काठमाडौं, २२ चैत । भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बन भएको छ ।
पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालविरुद्ध आज मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः निलम्बनमा परेको हो ।
माधवकुमार नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरिएको छ । काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको आरोपमा अध्यक्ष नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान अनुसार उनी निलम्बनमा परेका हुन् ।
नेपाल निलम्बनमा परेको आधिकारिक पत्र प्राप्त भए पछि सभामुखले सदनलाई जानकारी गराउने छ ।

गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको बताएका छन् ।

खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन
राजावादी आन्दोलनवाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परे पछि उनका आन्दोलनका मुख्य सहयोगी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन आक्रोशित भएका छन् ।