बजारमा नयाँ स्क्याम: सेयर तालिमको नाममा कम्प्युटर भाइरस, कसरी बच्ने?
फेसबुकको विज्ञापनमार्फत स्क्याम: नि:शुल्क तालिमको बहानामा स्क्रिन हेर्ने सफ्टवेयर जडान
काठमाडौं, चैत्र २२ — आज बिहान सामाजिक सञ्जाल फेसबुकमा एउटा विज्ञापन देखियो। विज्ञापनमा लेखिएको थियो, "निःशुल्क टेक्निकल एनालाइसिस तालिम र टुल्सहरू प्राप्त गर्नुहोस्।"
विज्ञापन आकर्षक देखिएकाले मैले त्यसमा प्रतिक्रिया जनाएँ र सन्देश पठाएँ। जवाफमा एक व्यक्तिले मलाई एउटा सफ्टवेयर डाउनलोड गर्न दिएको लिङ्क पठाए।
उक्त व्यक्ति नेपालीजस्तै लाग्थ्यो, किनभने उनी नेपालीमै कुरा गरिरहेका थिए। मैले उक्त सफ्टवेयर डाउनलोड गरेर इन्स्टल गरेँ। तर सफ्टवेयर खुल्यो र तुरुन्तै बन्द भयो।
मैले तुरुन्तै सो व्यक्तिलाई फेरि सन्देश पठाएँ र भनेँ, “केही भएन, सफ्टवेयर चल्दैन।” त्यसपछि उनले भने, “तपाईंको डिभाइस रिबुट गर्नुहोस्।”
मैले त्यही गरेँ तर अझै केही भएन। त्यसपछि मलाई शंका लाग्न थाल्यो।
म स्वयं सफ्टवेयर इन्जिनियर भएकाले अनुसन्धान गर्न थालेँ।
पहिले सफ्टवेयर इन्स्टल गर्दा एउटा सानो पपअप आएको थियो जसले अनुमति मागिरहेको थियो — जुन मैले ध्यान नदिई ‘OK’ गरिदिएको थिएँ।
पछि बुझ्दा थाहा भयो कि त्यो सफ्टवेयर वास्तवमा स्क्रिन हेर्ने टुल (Screen Monitoring Tool) थियो, जसले तपाईंको अनुमति बिना तपाईंको स्क्रिन हेर्न र नियन्त्रण गर्न सक्ने क्षमतासमेत राख्दछ।
भाग्यले, मैले त्यो सफ्टवेयर आफूले प्रयोग गर्ने मुख्य ल्यापटपमा नभई एउटा पुरानै प्रयोग नभएको ल्यापटपमा इन्स्टल गरेको थिएँ, जसमा कुनै व्यक्तिगत फाइल वा डेटा थिएन।
अब मैले बुझें — यो एक किसिमको स्क्याम हो।

सावधान रहनुस् — यस्तो पनि हुन सक्छ
-
यस्तो सफ्टवेयरले तपाईंको फाइलहरू मेटाउन सक्छ
-
तपाईंको पासवर्ड चोर्न सक्छ
-
र पछिल्लो समयमा, तपाईंको कम्प्युटर लक (lock) गरेर "तपाईंको डेटा फिर्ता चाहिन्छ भने पैसा तिर्नुस्" भन्ने धम्की दिन सक्छ (र्यान्समवेयर स्क्याम)
सुझाव:
-
कुनै पनि अपरिचित व्यक्तिबाट आएको सफ्टवेयर डाउनलोड नगर्नुहोस्
-
फेसबुक वा अन्य सामाजिक सञ्जालमा आएको नि:शुल्क तालिमको नाममा दिइने लिङ्कहरूमा सचेत रहनुहोस्
-
यस्तो घटनामा पर्नुभयो भने तुरुन्त इन्टरनेट बन्द गरेर विशेषज्ञसँग सल्लाह लिनुहोस्
आम जनताले विशेष सतर्कता अपनाउन जरुरी छ, किनभने यस्ता स्क्यामले तपाईंको महत्वपूर्ण व्यक्तिगत डेटा गुम्न सक्छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.