परमाणु बम हमला भए पनि अब जोगिन सकिने, चिनियाँले गरे नयाँ खोज

शुक्रबार, ९ फाल्गुण २०८१, १२:५३ PM
post-image

बेइजिङ, ९ फागुन । विश्वका आधाभन्दा बढी देश प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा युद्धको चपेटामा परिरहेका छन् । 

तीमध्ये रुस र उत्तर कोरियाजस्ता आणविक धनी देशहरू पनि युद्दको अवस्थामा छन्। आणविकलाई सबैभन्दा खतरनाक रासायनिक हतियार मानिन्छ। १०० परमाणु बमको विस्फोटबाट सम्पूर्ण विश्व ध्वस्त हुने वैज्ञानिकहरुले जनाउँदै आएका छन्, जबकी विश्वमा १ हजारजति परमाणु बम रहेको अनुमान गरिएको छ।

यसैबीच चिनियाँ वैज्ञानिकहरूले आणविक आक्रमणबाट पीडित मानिसहरूलाई बचाउन सक्ने स्वास्थ्य सामाग्रीको विकास गरेको जनाएका छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार चिनियाँ वैज्ञानिकहरूले मुसामा अनुसन्धान गरेर उनीहरूले तयार पारेको उपचारले क्यान्सर र आणविक आक्रमणबाट बच्न सक्ने पत्ता लगाएका हुन । 

चाखलाग्दो कुरा के छ भने विश्वका अधिकांश देश युद्धमा फसेका बेला चीनले यो नयाँ खोज गरेको हो । गुआन्झाउ इन्स्टिच्युट अफ बायोमेडिसिन एण्ड हेल्थका एसोसिएट रिसर्च फेलो सन यिरोङको नेतृत्वमा गरिएको अनुसन्धान अनुसार ‘स्टिङ’ नामक प्रोटिन वा ‘इन्टरफेरोन जीन’ को ‘स्टिमुलेटर’ लाई शरीरबाट निकालियो भने शरीरले आणविक आक्रमणलाई समेत सामना गर्न सक्ने जनाइएको छ।

अनुसन्धान प्रतिवेदनमा भनिएको छ कि मुसामा गरिएको प्रयोगको क्रममा यसको बाँच्ने क्षमता ११ प्रतिशतबाट बढेर ६७ प्रतिशत पुगेको देखिएको थियो । यसको मतलब यो प्रयोग सफल भयो भने कुनै पनि ब्यक्तिले परमाणु हमलासमेत सहन सक्नेछ । वैज्ञानिकहरुका अनुसार शरीरमा रहेको ‘स्टिङ प्रोटिन’ का कारण मृत्यु कोशिकाहरु सक्रिय हुन्छन् । त्यसलाई हटाउने प्रावधान राखियो भने आणविक हमला कमजोर साबित हुन सक्छ ।

हालसम्म भएका धेरै अनुसन्धानहरूमा यो पत्ता लागेको छ कि आक्रमणबाट तुरुन्तै मृत्युका कारण ‘रेडियो एक्टिभ विकिरण’ लाइ मानिदै आएको छ । जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले गरेको परमाणु हमलामा ‘रेडियो एक्टिभ विकिरण’ मुख्य प्रभाव देखिएको थियो। 

यही कारणले गर्दा वैज्ञानिकहरूले परमाणु बमलाई सबैभन्दा खतरनाक मान्ने गर्छ । तर, अब चीनको यो हालैको अनुसन्धानले विश्वमा नयाँ हलचल मच्चाउन सक्ने जनाइएको छ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}