चितवन पुगेर गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जीबी राई मलेसियामा रहेको लोकेसन पत्ता लागेको बताएका छन् ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले कवाडी व्यवसायीहरुको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले धरपकड गरेकोप्रति आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषय संसदमा उठाएका छन् ।
स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कवाडी व्यवसायीहरुले सबै कवाडी महानगरको कार्यालय र मेयर बालेन शाहको घर अगाडी लगेर थुपारिदीन आग्रह गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको दाबि गरेकी छन् ।
जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न माग गरेका छन् ।
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका सभामुखमार्फत अर्थमन्त्रीलाई फिर्ता गरिदिएका छन् ।
वरिष्ठ चिकित्सक एवं स्वास्थ्य शिक्षा सुधारका स्वघोषित अभियान्ता डा गोविन्द केसीले मेडिकल व्यापारी दुर्गा प्रसाईको झापास्थित बिएण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गर्ने सर्वोच्चका न्यायाधीशलाई कारबाही गर्न माग गरेका छन् ।
स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले बजेट पारित गर्ने दिन संसद बैठक बहिष्कार गर्ने घोषणा गरेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट संसदमा च्यातेका छन् ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.