एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरछित गर्ने आज अन्तिम दिन, कहिले हुदैछ साधारणसभा ?

Wed, Feb 07, 2024 08:53
post-image

आज माघ २४ गते एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरछित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा र लाभांस वितरणका लागि भोलि माघ २५ गते बुक क्लोज गर्दै छ। भोलि बुक क्लोज हुने भएकाले आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा लाभांस सुरछित गर्ने सक्नेछन।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ३ गते अम्रपाली ब्यान्क्वेट, बालुवाटारमामा हुदैछ। साधारणसभा बिहान ११ बजे बाट सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू