सर्बोतम सिमेन्टको आइपिओ बाडफाड

Wed, Jan 31, 2024 19:07
post-image

सर्बोत्तम सिमेन्टको वैदेशिक रोजगारिमा रहेका नेपालीहरुलाई जारी गरेको आईपीओ माघ १७ गते सफलतापूर्वक समाप्त भएको छ। 

कम्पनीले पुष २५ देखि माघ १० सम्म विदेशमा काम गर्ने नेपालीहरूको लागि आईपीओ जारी गरेको थियो। विदेशमा काम गर्दै रहेका नेपालीहरूको लागि कम्पनीले प्रति शेयर रु. ३६०.९० को मूल्यमा २,६७,००० शेयर जारी गरेको थियो।

कुल ३३,८२४ जनालेले २१,३९,२२० शेयरको खरिदका लागि आवेदन गरेका थिए, जसमध्ये १४ आवेदनहरू अस्वीकृत भएका थिए र ३३,८१० आवेदनहरूले स्वीकृत भएका थिए। स्वीकृत आवेदनहरूमध्ये ५,३४० आवेदकलाई प्रति व्यक्ति ५० कित्ता शेयर बाँडिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू