सुनको भाउ तोलामा ८०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Thu, May 09, 2024 11:50
post-image

काठमाडौं,  बैशाख २७ । नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ८०० ले घटेर १ लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजार ४०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ७५० मा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको मुल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू