जसपा फुट्यो, अशोक राईको नेतृत्वमा आयोगमा निवेदन

Sun, May 05, 2024 19:12
post-image

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ ।

अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइएको छ ।

हाल प्रतिनिधिसभामा १२ सांसद रहेको जसपाका ७ जना सांसद राई नेतृत्वमा नयाँ दल गठन गर्न आयोग पुगेका थिए ।

नयाँ दल जनता समाजवादी पार्टी राखिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ ।
  

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू