इलाम २ मा एमालेका नेम्वाङलाई ५ हजारभन्दा धेरै मतको अग्रता, चर्चामा रहेका मिलनकुमार लिम्बुको कति आयो ?

Mon, Apr 29, 2024 18:40
post-image

काठमाडौं, १७ बैशाख । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार ६ सय ७३ मतको अग्रता लिएका छन्।

पछिल्लो परिणामानुसार एमालेका नेम्वाङले १६ हजार ९ सय ४४ मत प्राप्त गरेका छन्। कांग्रेसका डम्बरबहादुर खड्काले ११ हजार २ सय ७१ मत प्राप्त गरेका छन्। नेम्वाङ र खड्काबीच ५ हजार ६ सय ७३ मतको अन्तर छ।

यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ९ हजार ४५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलनकुमार लिम्बुले २ हजार ८ सय ३ मत प्राप्त गरेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू