इलाम- २ मा अहिलेसम्म ५५ प्रतिशत मतदान

Sat, Apr 27, 2024 17:07
post-image

इलाम । इलाम २ को उपनिर्वाचनमा अहिलेसम्म ५५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले साढे ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको बताएको छ ।

इलाम-२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् । 

यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता रहेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू