सुनको भाउ आज रेकर्ड मूल्यबाट गिरावट, कतिमा हुँदैछ किनबेच ?

Thu, Apr 11, 2024 11:21
post-image

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुन तोलामा २०० ले घटेर १ लाख ३६ हजार ६०० कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको थियो । 

यता, आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य स्थिर रहडिया प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू