सर्वोत्तम सिमेन्टले घोसणा गर्यो १५% लाभांश; बोनस कति र नगद कति ?

Tue, Apr 02, 2024 19:32
post-image

काठमाडौं, २० चैत ।  सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) ले आर्थिक वर्ष २०७९/८० का लागि १५% नगद लाभांश प्रस्ताव गरेको छ र बैशाख १२, २०८१ मा पाँचौं वार्षिक साधारण सभा (एजीएम) गर्ने कार्यक्रम तय गरेको छ।यस कम्पनीले नेप्सेमा सूचिकृत भएपछि पहिलो लाभांश वितरण गर्ने भएको हो ।

हालै बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत अर्थात् ६९.७५ करोड बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो। कम्पनीको हालको चुक्ता पुँजी रू. ४.६५ अर्ब रहेको छ  ।

साधारण सभाको एजेन्डामा लेखा परीक्षकको प्रतिवेदन अनुमोदन, नाफा नोक्सान विवरण समीक्षा, वित्तीय प्रतिवेदन परीक्षण र नगद प्रवाह विवरणहरूको मूल्याङ्कन समावेश गर्ने बताएको छ। साथै, बोर्डले आर्थिक वर्ष २०८०/८१ को लागि लेखा परीक्षक नियुक्त गर्नेछ। त्यसैगरी संस्थापक शेयरधनी समूहबाट ५, सार्वजनिक शेयर समूहबाट १ र एक स्वतन्त्र सञ्चालक चयनका लागि पनि निर्वाचन हुनेछ ।

कम्पनीले बैशाख १२, २०८१ मा पाँचौं वार्षिक साधारण सभा गर्ने भएको छ । साधारणसभाका लागी कम्पनीले चैत्र ३० गते बुक क्लोजर मिति तय गरेको छ।  चैत ३० गते बुक क्लोजर मितिभन्दा अघि शेयर राखेका लगानीकर्ताले लाभांश पाउनेछन् र साधारणसभामा पनि भाग लिन सक्नेछन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू