घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Tue, Apr 02, 2024 11:25
post-image

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा गिरावट आएको छ। सोमबारको हालसम्मकै उच्च रेकर्डबाट मंगलबार सुन तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

मंगलबार छापावाला सुनको मूल्य एक लाख ३१ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५४५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू