सुनको मूल्यमा नयाँ रेकर्ड, अब १ तोला किन्न १ लाख २७ हजार ९०० रुपैयाँ तिर्नुपर्ने

Thu, Mar 28, 2024 11:25
post-image

काठमाडौं चैत १५ । सुनको भाउले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख २७ हजार ९०० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला १२६८०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ११०० रुपैयाँले बढेर १२७९०० रुपैयाँ भएको  हो। त्यस्तै, तेजावी सुन ११०० रुपैयाँले बढेर प्रतितोला १२७३०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १५१० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू