एकीकृत समाजवादीले उपनिर्वाचनका उम्मेदार टुंगायो

Wed, Mar 27, 2024 12:56
post-image

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको एक नेताले बताएका छन् । यद्यपी एकीकृत समाजवादीले आधिकारिक निर्णय गर्न भने बाँकी रहेको छ ।

उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता चैत्र २४ गते हुदै छ । अहिलेसम्म एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदार बनाएको छ । त्यस्तै राष्ट्रिय स्वत्रन्त्र पार्टीले पत्रकार मिलन लिम्बुलाई उम्मेदार बनाउने तयारी गरेको छ र यसको औपचारिक घोषणा चैत्र १७ गते गर्दै छ ।

त्यस्तै माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेदार उठाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले उम्मेदार उठाउने निर्णय गरको हो ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू