सुनको मूल्य २०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?

Mon, Mar 25, 2024 12:03
post-image

काठमाडौं, १२ चैत । सुनचाँदीको मूल्य बढेको छ । 

सोमबार तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि, शुक्रबार छापावाल सुनको भाउ १ लाख २६ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २५ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ प्रतितोला १५ सय रुपैयाँ कायम रहेको थियो ।
 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू