टी-२० सिरिजको फाइनलमा नेदरल्याण्डसविरुद्ध नेपालले टस जित्यो

Tue, Mar 05, 2024 11:52
post-image

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डसबीच प्रतिस्पर्धा हुँदै छ ।

टियु मैदानमा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेदरल्याण्डसले पहिला बलिङ गर्ने भएको छ ।  

जारी सिरिजमा नेदरल्याण्डस ४ खेलमा २ जित र एक खेलको नतिजा नआएपछि ५ अंकसहित शिर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ भने नेपाल ४ खेलमा २ जित हासिल गर्दै ४ अंकसहित दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।

नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अरिफ सेख, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, र अविनाश बोहोरा ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू