सर्वोत्तम सिमेन्टको आइपीओ फागुन १३ गतेदेखि सर्वसाधारणलाई बिक्री खुला हुँदै

Thu, Feb 15, 2024 13:36
post-image

सर्बोत्तम सिमेन्ट लिमिटेडले २०८० फाल्गुण १३ गते बाट २७,७६,०७६ युनिट आईपीओ शेयर बुक-बिल्डिङमार्फत सर्वसाधारणलाई निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । । यस आईपीओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा फागुन २७ गतेसम्म खुला रहनेछ । 

कुल ३०,८४,५३० युनिट बाट, १,५४,२२७ युनिट म्युच्युअल फन्डहरूका लागि बाँडिएको छ र १,५४,२२७ युनिट कम्पनीका कर्मचारीहरूको लागि राखिएको छ। बाँकी २७,७६,०७६ युनिट सेयर सर्वसाधारणलाई जारी हुनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको शेयर मूल्य साधारण लगानीकर्ताहरूका लागि ३६०.९० रुपैयाँ प्रति शेयर रहेको छ। 

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू