हिमालयन रि इन्स्योरेन्सको खुद नाफा करिब शतप्रतिशत बढ्यो, EPS कति?

Mon, Feb 12, 2024 09:18
post-image

यस अवधिमा कम्पनीले ६० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.७३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३० करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

हिमालयन रि इन्स्योरेन्स लिमिटेड (HRL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब शतप्रतिशत बढेको छ।

यस अवधिमा कम्पनीले ६० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.७३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३० करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले १ अर्ब ९९ करोड ६० लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १५४.६५ प्रतिशतले बढि हो । त्यस्तै कुल आम्दानी समीक्षा अवधिमा ९२.८४ प्रतिशत बढेको छ भने कुल खर्च ८९.३५ प्रतिशत बढेको छ। त्यस्तै कुल दाबी भुक्तानी ५०.९० प्रतिशत बढेको छ।

१० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग ६९ करोड २८ लाख रुपैयाँ रहेको छ भने कम्पनीको सेयर प्रिमियम ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ३० पैसा छ ।

मुख्य सूचकहरू :

(Amount in '000)

Particulars Poush, 2080 Ashad, 2080 Difference
Share Capital 10000000 7000000 42.86%
Share Premium 3180000 0 -
Catastrophe Reserves 77054 37180 107.25%
Retained Earnings 692823 39306 1662.64%
Other Equity 24178 309256 -

 

Particulars Poush, 2080 Poush, 2079 Difference
Net Earned Premium 1996051 783844 154.65%
Total Income 2469632 1280662 92.84%

Net Benefits and

Claims Paid

731543 484802 50.90%
Total Expenses 1608600 849560 89.35%

Net Profit for the Year

602722 301771 99.73%
EPS 12.05 9.23 2.82
PE Ratio 41.31 - -
Net Worth per Share 147.30 - -
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू